अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

तमु ल्होसार धुमधामका साथ मनाईयो

बिआरटीनेपाल २०७५ पुष १५ गते ८:३८ मा प्रकाशित

गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व हर्षोल्हासका साथ मनाएका छन् । फो– ल्होसार बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको हो । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे ।

तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा ल्होसारको उपलक्ष्यमा आज सार्वजनिक विदासमेत दिइएको छ । मुलुकका गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

त्यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको बिशेष महत्व रहेको बताइन्छ ।

प्रतिक्रिया