अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

चीनले नेपाललाई निशुल्क स्याटलाइट तस्बिर उपलव्ध गराउने

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:५७ मा प्रकाशित

उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी ििदनुभएको छ । विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि सम्झौता भएको उहाँले बताउनुभयो ।

मन्त्री अर्यालका अनुसार अनुसार चीनमा आयोजित राष्ट्रसंघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलनका क्रममा नेपाल र चीनबीच स्याटलाइट तस्बिर निःशुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो। सम्झौतापत्रमा नेपालका तर्फबाट सहसचिव जनकराज जोशीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौताका कारण अब स्याटलाइट इमेज किन्नुपर्ने अवस्थाको अन्त्य भएकार तस्विरका लागि अब पैसा तिर्ननपर्ने बताईएको छ । चीनले उपलव्ध गराउने तस्वीर नापी विभागमार्फत सबै निकायले पाउनेछन् । सम्झौताअनुसार स्याटलाइटबाट खिचिएको नेपालको सम्पूर्ण भूभागको तस्बिर चीनले आगामी पाँच वर्षसम्म निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया