अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

धरानमा कन्दराको धमाकादार प्रस्तुति

बिआरटीनेपाल २०७५ असोज १६ गते ११:०२ मा प्रकाशित

धरान, १९ वर्ष अघिको धरानको कन्सर्ट हुन्थ्यो गणेश टाकिजमा बिहान ७ बजे देखि तर अहिले १९ वर्ष पछिको धरानको कन्सर्ट पब्लिक स्कुलको मैदानमा साँझ ७ बजे पछि मात्र सुरु हुन्छ । १९ वर्ष अघिको निक्कै नै चर्चित पोखरेली ब्यान्ड कन्दराले आफ्नो त्यो पुरानो छविलाई अहिले सम्म बचाएर राखेको देखियो सोमबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजित नेपाल आइस कन्दरा लाइभ इन कन्सर्टमा । 

दिनभरिको घामपानी मौसमले कन्सर्टलाई बिथोल्ने हो कि भन्ने भान परेको कन्दरालाई मौसमले साँझ साथ दिएपछि कन्दरा ब्याण्डको १२ वर्ष पछिको कम्ब्याक कन्सर्टलाई धराने दर्शकहरूको अपार साथले ऐतिहासिक बनायो ।

धरानको स्थानीय आर एस यु ब्यान्डले आफ्ना गीतहरू प्रस्तुत गरेपछि साँझ ८ बजे तिर स्टेजमा बिदेशिएर गइन उनी मलाई छोडेर भन्दै स्टेजमा आफ्ना ब्यान्ड मेम्बर सहित देखा परेका कन्दरा ब्यान्डका भोक लिस्ट विवेक श्रेष्ठले १९ वर्ष अघि बिहानै गणेश टाकिजमा गरेको आफ्नो पहिलो धरानको कन्सर्टबाट धराने दर्शकहरूको साथ पाएको बताए ।

लोक पप शैलीका मेलोडी गीतहरू गाउने ब्यान्डका रूपमा सुपरिचित कन्दराले कता हिँडेकी कुन ठाउँमा. .,,चञ्चले कान्छीको जोबन..,फुल्चोकीको डाँडैमा..,प्रियसीको सम्झनामा ..,डाँडा पारी , तिमी पारी त्यो गाउँमा..,लेककी हे माया.., हंगकंग पोखरा..’ लगायतका आफ्ना चर्चित गीथौ सँगै आफ्ना नयाँ गीतहरू भेडी गोठैमा.., चंद्रकोट कि नानी लगायत डेढ दर्जन गीतहरू उनले धराने दर्शकहरूमा प्रस्तुत गरेका थिए । 

एक दशक साङ्गीतिक गतिविधि बाट टाढा रही कम्ब्याक गरेको कन्दरा ब्यान्डलाई अहिले को पुस्ताले मन नपराउने पो हो कि भनेर गायक विवेक श्रेष्ठ अहिलेका पुस्ताहरू माझ अडिसन दिइरहेको बताउँदै थिए तर मिठा मिठा कुराहरू सँगै विभिन्न साङ्गीतिक प्रसंगहरु जोड्दै २ घण्टा सम्म लगातार आफ्नो धमाकादार प्रस्तुति दिएर आफ्ना प्रत्येक गीतहरूमा बुढा- बुढी देखि तन्नेरी पुस्ताहरूलाई समेत मोहित बनाएको देखिन्थ्यो । मेलोडी गीतहरू कहिले मर्दैनन् भन्ने कुराको पुष्टि गरिदिए । 

उनले चर्चित लोकगायक खेमराज गुरुङलाई सम्झँदै उनको गीत बारी जमुना पारी जमुना..र अर्का चर्चित लोक गायक राम थापाप्रति पनि समर्पित गर्दै लेकाली हो हो चोयाको डोको..बोलको गीत पनि गएका थिए ।लगातारको वान्स मोरको वर्षा भएपछि कार्यक्रम सकिएको घोषणा गरे पनि कन्दराले तगारोमा रुमाल राखी..र तिमी पारी त्यो गाउँमा..बोलको गीत पुन गाएर कार्यक्रमबाट  बिदा लिए ।
कार्य कर्म सकिन साथ उनीसँग फोटो खिचाउने र अटो ग्राफ लिनेहरूको भीडबाट गायक विवेक श्रेष्ठलाई निकाल्न सुरक्षाकर्मी हरूलाई हम्मे हम्मे परेको थियो । 

धरानमा प्रस्तुति दिन एकदम उत्साहित र डर पनि लागिरहेको थियो तर यो कन्सर्ट पछि कन्दरा ब्यान्डले पुर्न जन्म पाएको अनुभूति भएको छ र अब अझ केही गर्ने जोस पलाएको कन्दराका गायक विवेक श्रेष्ठले बताए ।

धरानको कन्सर्ट अघि कन्दरा ब्यान्डले असोज १२ गते शुक्रवार दमकमा र असोज १३ गते शनिवार बिर्तामोडमा पनि लाइभ कन्सर्ट गरेको थियो । कन्दरा लाइभ इन कन्सर्ट सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा व्यवस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजन तथा डिलाइट वाइनको सह – प्रयोजनमा आयोजना भएको थियो । 

प्रतिक्रिया