अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

नेपाल महिला संघद्धारा सुरक्षाको प्रत्याभूति माग गर्दै सरकारलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०७५ असोज ७ गते ९:४१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो । मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको संघले जनाएको छ ।

ज्ञापन पत्र बुझाउनु अघि संघले माइतीघर मण्डलादेखि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोध ¥याली निकालेको थियो । ¥यालीमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो । ¥यालीमा सहभागी संघका नेता, कार्यकर्ताहरुले ‘केपी ओली सरकारको चमत्कारः महंगी र बलात्कार’ लेखिएको व्यंग्यात्मक प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया