अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

निर्मला पन्त हत्याको विरोधमा देशभर प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:५० मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत काठमाडौं पोखरा लगायत देशभरका शहरमा प्रदर्शन गरिएको छ । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरू र सर्वसाधारणहरुको सहभागितामा प्रदर्शन गरिएको हो । सामाजिक सञ्जालमा ‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शनका लागि आह्वान गरिको थियो । प्रदर्शनकारीले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, सरकार देखाऊ इच्छा, खै त महिला सुरक्षा, सरकारले देखायो लाचारी, त्यसैले हाम्रो खबरदारी, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिने उद्धेश्यले गरिएको हो । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै ¥यालीका सहभागीहरूले सरकारको कडा आलोचना गरेका थिए ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा पोखरामा पनि प्रदर्शन गरिएको छ । पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई कडाभन्दा कारबाही गर्न र पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शन गरिएको हो ।

‘जस्टिस फर निर्मला’ भन्दै पोखरामा मानवअधिकार चोकमा भेला अधिकारकर्मीहरुको जुलुस मानबअधिकारचोक, चिप्लेढुंगा महेन्द्रपुल हुँदै पुनः मानवअधिकार चोकमा पुरेर कोणसभामा परिणत भएको थियो । न्यायको कालो कृत्यलाई कालो लुगा लगाएर विरोधमा ¥यालीमा उत्रिएका उनीहरुमध्ये कालो लुगा नलगाएकाले कालो पट्टी बाँधेर बिरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया