अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

ह्यारी भण्डारी कोलोराडो आउँदै

बिआरटीनेपाल २०७५ साउन १६ गते २२:२९ मा प्रकाशित

मेरिलैंड राज्यको लेगिस्लेटिभ डिस्ट्रिक्ट ८ बाट डेमोक्रेटिक पार्टीको तर्फबाट स्टेट डेलिगेट्को प्राइमरी छनौटमा सफल हुँदै अगाडी बढ्नु भएका नेपाली मूलका अमेरिकन युवा श्री ह्यारी भण्डारी आगामी अगस्त ५ तारिख आइतबार कोलोराडो आउँदै हुनुहुन्छ । उहाँ डेमोक्रेटिक पार्टीको सेन्ट्रल कमिटी मेम्बर पनि हुनुहुन्छ ।

अमेरिकाको स्थानीय राजनीतिमा सफल रूपले अगाडी बढेका धेरै कम नेपाली मूलका अमेरिकन मध्ये श्री भण्डारी एक हुनुहुन्छ । जुनसुकै खेमाबाट र जुनसुकै राज्यबाट अगाडी बढेको भए पनि यस्ता व्यक्तित्वहरूलाई प्रोत्साहन दिँदा सबै नेपाली मूलका अमेरिकन हरूलाई भविष्यमा लाभ हुने निर्बिबाद छ ।

यसै सन्दर्भमा श्री भण्डारीको आगामी योजना र नेपाली मूलका अमेरिकनहरूसँग उहाँको सहकार्य बारेमा अन्तरक्रिया र भेटघाट कार्यक्रमको आयोजना गरिएको हुँदा निम्न स्थान र मिति र समयमा उपस्थित भई दिनुहुन सबै कोलोराडो बासी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध छ ।

Venue: Mini India
6590 W 120th Ave, Broomfield, CO 80020
Date: Sunday 5th August 2018
Time: 2:00 PM to 5:00 Pm

प्रतिक्रिया