अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकद्वारा सडकमै ओपिडी सेवा प्रदान

बिआरटीनेपाल २०७५ असार २९ गते ९:२४ मा प्रकाशित

जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का चिकित्सकहरूले सडकमै ओपिडी सेवा दिन थालेका छन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेर माइतीघर मण्डलामा सेवा दिन थालेका हन् ।

१४ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले आफुलाई स्तब्ध बनाएको भन्दै नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएको बताएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनशनरत हुनुहुन्छ । दिनप्रतिदिन उहाँको स्वास्थ्यअवस्था बिग्रँदै गएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू