अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

शुल्क वृद्धि विरुद्ध सत्तारुढ दलका विद्यार्थीको मागः मनपरी शुल्क आतंक रोकियोस

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४४ मा प्रकाशित


२६ असार, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले निजी क्षेत्रका विद्यालयले विद्यार्थी भर्नामा लिएको मनपरी शुल्क आतंक खारेज गर्न माग गरेको छ । एसइईको परीक्षाफल प्रकाशित भएपछि शिक्षा क्षेत्रमा अनियमितता र अराजकता देखिए पनि सरकारले नियन्त्रण गर्न नसकेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन ।
शुल्क निर्धारण, छात्रवृत्ति र अनुगमनको पक्ष मुलुक संघीयतामा गएसँगै अलपत्र परेको अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्रले विद्यार्थी भर्ना र मासिक शुल्कमा लिएको मनपरी अनुगमन गरी सरकार, मन्त्रालय र स्थानीय तहले रोक्नुपर्ने विद्यार्थी संगठनहरुको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू