अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

मकवानपुरको हेटौंडा बजारबाट ललितपूरको सातदोबाटो जोड्ने कान्ति लोकमार्गको निर्माण कार्य अन्तिम चरणमा

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:०० मा प्रकाशित

मकवानपुरको हेटौंडा बजारबाट ललितपूरको सातदोबाटो जोड्ने कान्ति लोकमार्गको  मकवानपूर तर्फको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।

आठ मीटर चौडाइ र ९० किलोमीटर लम्बाइको कान्ति लोकमार्ग मकवानपुरको हेटौंडा बजारबाट चौधडा, मकवानपुरगढी, वागमतीहुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ, सातदोबाटोसम्म आइपुग्छ। बाटोको ५० कि.मी. मकवानपुरमा पर्छ भने बाँकी ललितपुरमा।

सो लोकमार्गमा अहिले धमाधम कालोपत्रे गर्ने काम भइरहेको छ। कालोपत्रे भएपछि मकवानपुरको हेटौंडाबाट ललितपूरको सातदोबाटो तीन घण्टामा पुग्न सकिने छ।

तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति लोकमार्गले विशेष महत्व राख्दछ।

तत्कालिन राजा महेन्द्रले ६० वर्षअघि आमा कान्ति राज्यलक्ष्मी देवी शाहका नाममा शुरू गरेको ‘कान्ति लोकमार्ग  विगतमा ओझेलमा परेका कारण बाटो निर्माणले गतिलतन सकेन।

काठमाडौं–हेटौंडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिई छुट्टै योजनाका रूपमा काम अघि बढाएको थियो। तर, राजधानीलाई बाराको निजगढ जोड्ने द्रुतमार्गको अवधारणाले यो योजना ओझेलमा पर्‍यो।

काठमाण्डौ हेटौडा जोड्ने ८५ किलोमीटरको दक्षिणकाली–सिस्नेरी मार्ग दुई लेनको तथा साँघुरो र घुमाउरो भएका कारण सम्भबत काठमाडौं–हेटौंडा जोड्ने यो सबैभन्दा छोटो मार्ग हुनसक्छ।

यसको निर्माणबाट  २२३ किमीको मुग्लिङ–नारायणगढ र १५८ किमीको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता हट्ने छ।

 कान्ति लोकमार्गबाट तीन घण्टामै हेटौंडा पुग्नसकिन्छ, जसले सवारी इन्धन खपत र भाडा समेत घटाउँछ।

अहिले ललितपुरको टीकाभैरव पुलदेखि वागमती खोलासम्मको ३० कि.मी. र मकवानपुरको वागमती खोलादेखि हेटौंडासम्मको ५३ किमी सडक’डबल लेन’ गरि कालोपत्रे गर्ने काम भइरहेको छ।

प्रतिक्रिया