अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

कोलोराडोमा अन्तराष्ट्रिय जातिय भेद उन्मुलन दिवश सम्पन्न

बिआरटीनेपाल २०७४ चैत ८ गते ०:०९ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरुले अन्तराष्ट्रिय जातिय भेद उन्मुलन दिवश मनाएका छन् । जाती भेद विरुद्ध विश्व मंच  (Gloal Forum Against Caste based discrimination) को आयोजनामा जातीय विभेद विरुद्ध अन्तराष्ट्रिय कानुनी प्रावधान विषयक एक दिवसिय परामर्शिय कार्यक्रम गरी यो बर्षको अन्तराष्ट्रिय जातिय भेद उन्मुलन दिवश सम्पन्न भएको हो ।

कर्यक्रमको मख्य अतिथिहरुमा अरोरा सिटि अन्तराष्ट्रिय मामीलाका प्रमुख Recardo, डेनभर सिटिका Darus Smiyh , अफ्रिकन कम्युनिटि सेन्टरका मणी दाहाल मुख्य अतिथी रहेको कार्यक्रममा ग्लोवल फोरमका सदस्य अर्जुन वगालेले जातिय भेद विरुद्ध वनेका अन्तराष्ट्रिय कानुनहरु एवं संयुक्त राष्ट्र संघ मानव अधिकारको विश्वव्यापी घोषणापत्र , जाती भेद विरुद्ध अन्तराष्ट्रिय महासंघ लगायतका अन्तराष्ट्रिय कानुनवारे एक अवधारणा पत्र प्रस्तत गर्नुभएको थियो ।

ग्लोवल फोरमका अध्यक्ष तिर्थ वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्र्रममा अतिथि वक्ताहरुले सिटी अफ अरोराका प्रतिनिधीले सिटि भित्र कुनै किसिमको विभेद नहने र सवैखाले विभेदको अन्त्यको लागी सिटिको तर्फवाट सहयोग रहने वचनवद्धता गर्नुभएको थियो भने अन्य वक्ताहरुले जाती विभेद अन्त्यको लागी ग्लोवल फोरम संग हातेमालो गर्दै अगाडी जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

स्थानीय नेपाली संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका दिपक सनवार ,नेपाली घर का योगराज गौतम , संखवासभा समाजका शान्ती श्रेष्ठ , अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोका श्याम श्रेष्ठ, वद्धिजिवी डा.विजय राज शर्मा , समाजसेवी आकाश राई , गैर आवासिय नेपाली संघ कोलोराडोका महिला कोअर्डीनेटर यामना के.सी. प्रवासी नेपाली मंचका शान्ती बर्मा,नेपाली बिधार्थी एसोसियनका पवन बिश्वकर्मा लगायतको उपस्थिती रहेको कार्यक्रमको उद्येश्यबारे संचालन संस्थाका सचिव अम्वर हजाराले प्रकाश पानुभएको थियो आफ्ना घारणा सहित संस्थाका कोषाध्यक्ष अमृत विश्वकर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया