अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

विराटनगरमा विवाहको जन्ती बोकेको ट्याक्टर दुर्घटना, २५ जना घाइते

बिआरटीनेपाल २०७४ फागुन २६ गते २२:५७ मा प्रकाशित

मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा गए राति बिबाहको जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जन्ती बोकेर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्याक्टर शनिवार राति २:३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना हुँदा २५ जना जन्ती घाईते भएका हुन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया