अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

नेपाल वायु प्रदूषणको खराब सूचीमा

बिआरटीनेपाल २०७४ फागुन २५ गते १८:२० मा प्रकाशित


वायु प्रदूषणका हिसाबले नेपाल विश्वको १८० मध्ये १७६आैं मुलुक भएको इन्भाइरोमेन्ट परफर्मेन्स इन्डेक्स, २०१८ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदूषणको गुणस्तर सबैभन्दा खराब रहेको तथ्यांक देखाएको छ ।

वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ ।

स्विट्जरल्यान्ड वायु प्रदूषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ ।

अध्ययनले १८० मध्ये २४ देश मात्र वातावरणीय स्वास्थ्य र वायु प्रदूषणको मात्राका हिसाबले तोकिएका मापदण्डभित्र समावेश हुन सफल भएको देखाएको छ ।

प्रतिक्रिया