अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै भेशभूषामा

बिआरटीनेपाल २०७४ फागुन २० गते ९:५४ मा प्रकाशित

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै भेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो । अन्य दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरु आज आ-आफ्ना जातीय वेशभूषामा देखिंदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो ।

आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आपसमा बधाई साटासाट गर्न र सेल्फी खिच्न व्यस्त थिए । नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । 

पद तथा गोपनियताको शपथपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा आइतबार सङ्घीय सांसदका सदस्यहरू आ–आफ्नो भेषभूषामा । तस्बिर: रत्न श्रेष्ठ, रासस

 

 

प्रतिक्रिया