अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

सवारी साधनमा ‘जिपिएस’ जडान

रासस २०७४ फागुन १४ गते ११:५८ मा प्रकाशित

सुर्खेत,  दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दुरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनुभयोे ।

कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति दुरीमा पुग्यो भन्ने थाहा पाउन, तत्काल दुर्घटना भएमा त्यसको जानकारी पाउन र उद्धार गर्न सहज हुने उहाँले जानकारी दिनुभयो । 

पहिलो चरणमा प्रहरीका सात वटा गाडीमा र सार्वजनिक यातायातका एउटा गाडीमा आजै जिपिएस जडान गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । कर्णाली राजमार्गअन्तर्गत सबै ठाउँमा सञ्चार सम्पर्क नहुने भएकाले कालीकोटको कालीका डाँडामा नेपाल टेलिकमको रिपिटर टावर राखिएमा कर्णाली राजमार्गका सबै सडकमा जिपिएस ट्र्याकरका माध्यमबाट सम्पर्क हुने उहाँको भनाइ थियो ।

डिजिटल प्रदेश निर्माणअन्तर्गत पहिलो चरणमा गाडीमा जिपिएस जडान गरिएको र भोलि प्रादेशिक राजधानी वीरेन्द्रनगर नगरपालिकाको वडा नं ६ को केन्द्रमा सामुदायिक साइरन जडानसमेत गरिने भएको छ ।

सम्बन्धित सामग्रीहरू