अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरूको अवस्था गम्भीर

रासस २०७४ फागुन ३ गते १८:३८ मा प्रकाशित

तेह्रथुम,  तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ वर्षीया मेनुका खनाल कार्कीले बिहीबार तीन बच्चा जन्माएकी हुन् ।

सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरूको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताउनुभयो । सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरूलाई बचाउन मुस्किल हुने उहाँको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताउनुभयो । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ ।

बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउनु जरुरी हुन्छ । बच्चाहरूलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताउनुभयो ।

सङ्खुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन् । 

सम्बन्धित सामग्रीहरू