अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

बिआरटीनेपाल २०८० फागुन २४ गते ४:१८ मा प्रकाशित

सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार झण्डै ३४ प्रतिशतले खोप लगाएका हुन् । ३१ जिल्लाले प्रतिबेदन  बुझाएका छैनन् । हिमाली क्षेत्रका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन शुरु भएको छ ।

हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान शुरु भएको छैन । सरकारले फागुन १३ गतेदेखी शुरु गरेको दादुरा–रुबेला खोप अभियान चैत ७ गतेसम्म चल्नेछ । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाण्डाै उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

खोप लगाउन छुटेको भएमा आफ्ना बालबालिकालाई नजिकको खोप केन्द्रमा लगेर खोप लगाउन डा गौतमले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू