अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 09:53

पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी

रासस २०७४ फागुन १६ गते ११:५० मा प्रकाशित

नुवाकोट,  पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तर्क्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव सङ्कलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिनुभयो ।

“अहिले कायम रहेको पारिश्रमिक २०७२ सालमा गठित समितिले दिएको सुझावको आधारमा २०७३ साउन १ गतेदेखि लागू भएको छ” अध्यक्ष पराजुलीले भन्नुभयो,– “पछिल्लो दुई वर्षमा नेपाल सरकारका कर्मचारीको तलब २५ प्रतिशतसम्म वृद्धि भइसकेकाले पत्रकारको सुविधा पनि पुनरावलोकन तथा वृद्धिको बाध्यात्मक अवस्था छ, त्यो छिट्टै गर्न लागिएको छ ।”

श्रमजीवी पत्रकार ऐनअनुसार अहिले राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारको पारिश्रमिक रु १९ हजार ५०० र अन्य सञ्चार माध्यममा रु १४ हजार १०० कार्यान्वयनमा छ । समितिले सञ्चार माध्यममा आबद्ध पत्रकार र कर्मचारीको पारिश्रमिक निर्धारणका लागि स्थलगत र विज्ञ समूहमार्फत सुझाव सङ्कलन गरी प्रतिवेदनमार्फत सरकारलाई ऐन कार्यान्वयन गराउन सुझाव दिन लागिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैशीले बताउनुभयो ।

पत्रकारको सेवा र सुविधा बढाउन महासङ्घका केन्द्रीय पदाधिकारीलाई मिडिया सञ्चालक बन्न रोक लगाएका छौँ” उहाँले भन्नुभयो, “यो व्यवस्था जिल्लासम्म पु¥याउन लागेकाले स्वच्छ श्रमजीवीको थलो महासङ्घ भएमा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहजता आउनेछ ।”

अन्तर्क्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्व केन्द्रीय शिव देवकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भोलाराज पौडेल, त्रिशूली प्रवाहका प्रकाशक शरणउत्सुक सापकोटाले सञ्चार माध्यमलाई पत्रकारको खाँचो र पत्रकारले रोजगार पाउन नसक्नुबीचको खाडल अन्य गर्न न्यूनतम पारिश्रमिक कार्यान्वयले सहयोग पुग्ने बताए । 

सम्बन्धित सामग्रीहरू