अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

बिआरटीनेपाल २०८० फागुन ९ गते ६:२२ मा प्रकाशित

सरकारले फागुन १३ गतेदेखि देशभर दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालकाई पनि सोही अभियानमा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप गाउँ र टोलस्तरमा नै दिइने छ । खोप लगाउने उमेर समूह र स्थानबारे सामुदायिक स्वास्थ्य स्वयंसेविका वा वडा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।  अभियान चैत ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू