अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

फागुन १३ देखि चैत्र ७ गतेसम्म देशभर दादुरा-रुबेला खोप अभियान हुने

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:०२ मा प्रकाशित

सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चलन हुने छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पु¥याएको भएको बताउनुभयो । उहाँले जाजरकोटमा दादुरा-रुबेला खोप लगाउने बालबालिकाहरुको संख्या ८८ हजार ३४४ रहेको बताउनुभयो । उहाँले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पु¥याएको बताउनु भयो । उहाँले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको संख्या ५० हजार ४ सय ८७ रहेको बताउनुभयो ।

दादुरा-रुबेला खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरु र ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् । यस अभियानमँ तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू