अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

अति प्रशोधित खाना स्वास्थ्यका लागि हानिकारक हुने नयाँ अध्ययनको निष्कर्ष

बिआरटीनेपाल २०८० चैत ११ गते ६:२६ मा प्रकाशित

अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यसँग देखाएको हो ।

यस्ता खानेकुराले मुख्यगरी मुटुमा समस्या ल्याउनका साथै मोटोपना बढाउँदा अरु समस्या थपिने गरेको पाइएको छ । प्याकिङ गरिएका कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्री मिसाएको छ भने त्यसलाई अति प्रशोधित खाना भनिन्छ । अति प्रशोधित खानेकुरामा प्राय: धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । यस्ता खानेरालाई आकर्षक र स्वादिलो बनउन रंग र तथा अप्राकृतिक स्वाद तथा लामो समय नबिग्रियोस भनेर केमिकलको प्रयोग हुन्छ ।

मिठाइ, पेय पदार्थ, पाउरोटी, केक, कर्नफ्लेक्स, चिप्स तथा चाउचाउहरु लगायत प्याकेट बन्द गरिएका तयारी खाना अति प्रशोधित खाना हुन् । सामान्यतया यी खानेकुरा भान्सामा सजिलै तयार हुँदैनन् । अति प्रशोधित खानेकुराले विशेषगरी बालबालिकालाई बढी असर गर्ने हुँदा यसबारेमा जनचेतना र रोकथामका लागि सरकारी प्रयास पनि आवश्यक हुने विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू