अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

विकासका लागि कांग्रेस उम्मेद्वारलाई मतदान गर्न नेता पौडेलको आग्रह

बिआरटीनेपाल २०७४ भदौ २८ गते १३:२६ मा प्रकाशित

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान जारी भइसको अवस्थामा विकास र समृद्धिको अभियानलाई सफल बनाउन नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन आग्रह गर्नुभएको छ । महोत्तरीको जलेश्वरमा बुधबार बिहान ओयाजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले अव नेपाली काँग्रेस विकास कार्यलाई दु्रतगतिमा अघि बढाउने बताउनु भयो ।

उहाँले देश संघीय संरचनामा गइसकेकोले समाजलाई भ्रष्टाचार मुक्त बनाउन पनि नेपाली कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले जनतालाई सेवा प्रदान गर्न सिंहदरबारको अधिकार गाँउ गाँउमा पुगेको दावी पनि गर्नुभयो ।

अर्को प्रसंगमा नेता पौडेलले भने अन्य राजनीतिक दलहरुले समस्या मात्र राख्ने तर काँग्रेस समाधान खोज्ने पार्टी भएकोले यसैमाथि भर गर्न मतदातासंग अपिल गर्नुभयो।

नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायको सभापतित्वमा सम्पन्न भएको सो चुनावी सभामा महामन्त्री शशांक कोइराला, रामचन्द्र तिवारी, वजरंग नेपाली लगायतका नेताहरुले संबोधन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र चुनावी मैदानमा उत्रेका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया