अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

सूचना लुुकाउनेहरुलाई कारवाही हुन्छ – प्रमुख आयुक्त बास्कोटा

बिआरटीनेपाल २०७४ असार १८ गते ५:४६ मा प्रकाशित
प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले आमनागरिकले  सूचना मागेको बखतमा सहज रुपमा उपलब्ध गराउनु पर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आयोजना गरेको सूचना हकको संरक्षण, सम्वद्र्धन तथा प्रचलन सम्बन्धी गोष्ठी कार्यक्रममा बोल्दै बाँस्कोटाले प्रशासक र पदको आवरणमा सूचना लुकाएर लोकतन्त्रको उपहास गर्न नहुने भन्दै लोकतान्त्रीक पद्दतीमा पनि यसरी सूचना लुकाउने जोकोहीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।
उनले सार्वभौम सत्तामा खलल पुग्ने, मद्दा मामिला अनुसन्धान भई रहेको, आर्थिक गम्भिर गोपनियता, जातिय सद्भाव भड्किने र नितान्त व्यक्तिगत सूचना बाहेक अरु सूचना सेवाग्राहीले मागेको बखतमा तोकिएको समयसीमाभित्र पाउनु पर्नेमा जोड दिए ।
सूचना सार्वजििनक नगर्ने कार्यालय र व्यक्ति भ्रष्टाचारमा लोप्त भएको हुनसक्ने भन्दै उहाँले सार्वजनिक चासोका बिषयमा सूचना सार्वजनिक गर्न जरुरी रहेको बताए । महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीको सभापतित्वमा भएको कायृक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुँमागाई, एसपी किरण राणा, रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोज थापा, निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राई लगायतका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता थियो ।
महासंघका सचिव कृष्ण नेपालले सहजिकरण गरेको कार्यक्रममा केन्द्रीय सूचनाको  सहभागीले  हक कार्यान्वयनका बिषयमा भनाई राखेका थिए ।
प्रतिक्रिया