अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

माओवादीद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बिआरटीनेपाल २०७९ चैत १० गते ७:१० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउनुुहुुने भएको छ ।

गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेस दाबी गरिरहेको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता गोरखाबाट निर्वाचित सुरेन्द्र पाण्डे हुुनुुहुुन्छ । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान रहनुुभएको छ । यसअघि वाग्मती प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको छ ।

यसैबीच, गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार पदबाट राजीनामा दिनुुभएको हो ।

 

प्रतिक्रिया