अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

नेपाल आँखा कार्यक्रममा सहयोग

बिआरटीनेपाल २०७४ जेठ १९ गते १७:४८ मा प्रकाशित

उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग उपलब्ध गराउने भएको छ । हाल वार्षिक ५ लाख लेन्स उत्पादन हुँदै आएकोमा अब त्यसको क्षमता विस्तार गरी वार्षिक १५ लाख लेन्स उत्पादन क्षमता पु¥याइैने भएको छ । यसका लागी मेशिन उपकरण खरिद गर्न उद्योग मन्त्रालयले हाललाई नेपाल आँखा कार्यक्रमलाई १० करोड रुपैंया अनुदान सहयोग उपलब्ध गराउन बजेटमा व्यवस्था गरेको छ । उद्योग मन्त्रालयको सहयोगमा उत्पादित आँखाको लेन्स नेपाल भित्र विक्री गर्दा सहुलियत दरमा आम नागरिकलाई उपलब्ध गराउने र बढी भन्दा बढी देशमा निर्यात गर्ने लक्ष समेत राखिएको छ ।
नेपाल आँखा कार्यक्रमबाट उत्पादित लेन्स अहिले विश्वमै गुणस्तरीय लेन्सका रूपमा विक्री भइरहेको छ । हाल विश्वका १७ वटा मुलुकमा निर्यात भइरहेको सो लेन्स करिब ५० भन्दा बढी मुलुकमा वितरण हुने गरेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
यसै गरी म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ ।
विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने । यसै गरी तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको व्यावसायिक उत्पादन सम्भव छ, छैन एकिन गर्ने ।
राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतीय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ । यसका साथै नेपाली किसानहरूलाई सरल र सह्लियत मूल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पु¥याउने छ । राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तालाई ध्यानमा राखी उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउन बजेटमा व्यवस्था गरेको छ । डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुसन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तह देखी माथिल्लो तह सम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।

औद्योगिक विकास कोषको स्थापना
नेपालमा विगत केही समय यता सुमधुर औद्योगिक सम्बन्ध, ऊर्जा आपूर्ति, औद्योगिक पूर्वाधार र औद्योगिक क्षेत्रमा गरिएका संस्थागत सुधारका कारण लगानी मैत्री वातावरण सुद्रिढ बन्दै गइरहेको छ । जसका कारण उद्योग क्षेत्रमा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुको आकर्षण देखिन थालेको छ । उद्योग मन्त्रालयले सुरु गरेको दाश्रो पुस्ताको आर्थिक सुधारको अवधारण अनुरूप औद्यौगिक क्षेत्रको सुधारको निमित्त आवश्यक नीतिगत तथा संस्थागत सुधारहरूको थालनी गरी रोजगारी सृजनाको माध्यमबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष लिइएको छ । नेपालमा औद्योगिक प्रवद्र्धनका निमित्त सरकार निजी क्षेत्र तथा सामुदायिक क्षेत्र सँगै अगाडी बढ्नु पर्छ भन्ने मान्यताका साथ उद्योग मन्त्रालय अगाडी बढिरहेको छ । औद्योगिक क्षेत्रमा उपयुक्त वातावरण सृजना गर्न सकिएमा ठुलो सङ्ख्यामा रहेका युवाहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने सम्भावना समेतलाई मध्यनजर गरी उद्योग मन्त्रालयले सरकार, निजी क्षेत्र, गैह्र आवासीय नेपाली र सर्वसाधारणहरुको संयुक्त लगानीमा औद्योगिक विकास कोष स्थापना गर्ने अवधारणालाई अगाडी सारेको छ । सो कोषबाट यातायात, ऊर्जा, औद्योगिक क्षेत्र लगाएतका पूर्वाधारको निर्माण औद्योगिक क्षेत्रको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणका माध्यमबाट देशमा औद्योगिकरण गर्ने मुख्य उद्धेश्य राखिएको छ । यसले लगानी मैत्री वातावरण सृजना गरी मुलुकको आर्थिक विकासमा जनतालाई सहभागी गराई मुलुकको समग्र आर्थिक समृद्धि हासिल गर्न सघाउने लक्ष राखिएको छ ।
प्रस्तावित कम्पनीको उद्धेश्य देहाय बमोजिमको हुनेछ ।
(क) औद्योगिक प्रवद्र्धन तथा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्ने ।
(ख) औद्योगिक प्रवद्र्धनको निमित्त लगानीमैत्री वातावरण सिर्जना गर्ने ।
(ग) समतामूलक एवं दिगो आर्थिक विकास हासिल गर्ने ।
(घ) औद्योगिक विकासको निमित्त आवश्यक पर्ने लगानी परिचालन गर्ने ।
सरकार, गैह्र आवासीय नेपाली, निजी क्षेत्र तथा सर्वसाधारणको लगानीमा कम्पनी ऐन २०६३ अनुसार एक औद्योगिक विकास कोष कम्पनी स्थापना गर्न एउटा निर्देशक समिति गठन गरी कार्य क्षेत्र समेत तोकिने छ ।

जीवनजल सहुलियत दरमा उपलब्ध
लामो समयदेखि बन्द नेपाल औषधी लिमिटेड पुन सञ्चालन: २०७४ वैशाख २४ गते आइतबार ।
नेपाल औषधी लिमिटेडबाट उत्पादित जीवनजल बजारमा पठाउन सुरु गरिएको छ । विशेषगरी झाडा पखालाको उच्च जोखिम रहेको भेरी, सेती र कर्णाली अञ्चलका दुर्गम जिल्लाहरूमा नेपाल औषधी लिमिटेडबाट उत्पादित जीवनजल सहुलिययत दरमा उपलब्ध गराउन ढुवानीका लागि विशेष व्यवस्था मिलाई सकिएको जानकारी गराउन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू