अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनकशिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेको छ । बुधवार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भई विरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भए पनि त्यो हुन नसकेको बताएका छन् ।

उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए । कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिनुभयो । उहाँले जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भयो । उहाँले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताउनु भयो ।

उहाँले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको बताउनु भयो । अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू