अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

स्पन्दन विनोदको मुटुभित्र देश छ सार्वजनिक

बिआरटीनेपाल २०७९ पुष ३० गते १२:४७ मा प्रकाशित

केही समय अघि मात्र सार्वजनिक गरिएको चर्चित गीत “चोखो माया” गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत “मुटुभित्र देश छ” को लिरिकल म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

नेपाल बाहिर रहेर पनि सक्रिय साहित्यकारको छुट्टै छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल म्युजिक भिडियो आफ्नै युट्युब च्यानल “स्पन्दन विनोद” मार्फत सार्वजनिक गरिएको हो । गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ। विशेषतः विभिन्न बाध्यात्मक परिस्थितिका कारण आफ्नो देश छोडेर बिदेसिएका नेपालीहरूले आफू जहाँ गए पनि आफ्नो देशसँगै आफ्नो भाषा- साहित्य, कला, संस्कृति सहितको नेपाली पहिचानलाई मुटुभित्र बोकेर हिँडेका हुन्छन् भन्ने मार्मिक अभिव्यक्ति सशक्त रूपमा प्रस्तुत गरिएको छ। यो गीत जनजनको प्रिय ढुकढुकी बन्ने स्पन्दन विनोदको विश्वास रहेको बताएका छन्।

कमल अधिकारीको सङ्गीत संयोजन रहेको उक्त गीतमा पूजन मिश्रले स्वर दिएकी छिन्। उक्त लिरिकल म्युजिक भिडियो ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो।

प्रतिक्रिया