अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

चुनावमा भएको धाँधलीको छानवीन गर्न निर्वाचन आयोगको टोली बाजुरामा

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:५८ मा प्रकाशित

बाजुरामा भएको चुनावी धाँधली र मानीवय क्षतिको घटनाबारे अध्ययन गर्न निर्वाचन आयोगको टोली बाजुरा आईपुगेको छ। निर्वाचन आयोगले सहसचिव तुलसी श्रेष्ठ नेतृत्वको छानवीन टोली शुक्रबार बाजुरा आइपुगेको हो।   मंसिर ४ गतेको संघ र प्रदेश सभाको निर्वाचनमा बाजुराका दर्जन बढी मतदान केन्द्रमा बुथ कब्जा गरिएको, दर्जन बढी केन्द्रमा दोहोरो झडप भई दर्जनौ व्यक्तिहरु घाइते भएको र त्रिवेणी नगरपालिका ७ मा २ जनाको ज्यान नै गएपछि निर्वाचन आयोगले छानवीनका लागि उच्च स्तरीय टोली बाजुरा पठाएको हो।

नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट कब्जा गरिएको भनिएका मतदान केन्द्रको अवस्था र घटनाक्रम बारे जानकारी लिन टोली बाजुरा आएको निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेको टोलीमा श्रेष्ठ सहीत तीन जना सदस्य रहेका छन्।  बाजुराका ७० वटा मतदान स्थल मध्ये १६ स्थानमा काँग्रेसले बुथ कब्जा गरेको नेकपा एमालेले उजुरी दिएको छ। भने नेपाली काँग्रेसले ८ वटा स्थानमा बुथ कब्जा गरिएको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई उजुरी दिएको छ।

बुढीनन्दा नगरपालिका ५ मा कुनै विवाद नभएकोले मंसिर १० गते निर्वाचन हुने र बाँकी विवादीत ठाउँको आयोगकै टोली मार्फत अध्ययन गरेर निर्णय गरिने अधिकारी अवस्थीले बताएका छन्। बाजुरा पुगेको टोलीले सुरुमै नेकपा एमालेका नेताहरुसँग अवस्था बारे जानकारी लिएको छ। भने त्यसपछि नेपाली काँग्रेस र अन्य दलसँग पनि छलफल गर्ने छ। दुबै दलबाट पुन मतदानको माग सहीत उजुरी आएपछि आयोगलाई जानकारी गराएको र स्थलगत अध्यनन तथा छानवीनका लागि निर्वाचन आयोगबाटै उच्च स्तरीय टोली बाजुरा पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताएका छन्।

टोलीले प्रमुख दलहरु, त्यसैगरीमतदान स्थलमा खटिएका मतदान अधिकृत तथा कर्मचारी, सुरक्षा कर्मी र आवश्यकता अनुसार मतदातासँग समेत परामर्श तथा छलफल गर्ने रणनीति बनाएको छ। स्थानीय तहको निर्वाचनमा पनि निर्वाचन आयुक्तकै टोली आएर बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गराउने निर्णय गरेको थियो। कमजोर पक्षलाई बुथ केन्द्रमा छिर्न नै नदिई निर्वाचन प्रतिनिधीलाई समेत सुरक्षा कर्मी नै लगाएर बाहिर पठाएर एकलौटी गरिएको प्रमाण सहीत नेकपा एमालेले उजुरी दिएको थियो। एमालेका तर्फबाट स्थायी कमिटी सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार कर्णबहादुर थापाले मंसिर ४ गतेकै मध्ये दिनमा १६ स्थानको मतदान स्थगीत गरि पुन मतदानका लागि माग गरिएको उजुरी दिएका थिए।

लगत्तै मंसिर ६ को नेकपा एमालेका प्रतिनिधी सभाका कर्णबहादुर थापा, प्रदेश सभाका बल्देव रेग्मी र लालबहादुर थापा, समानुपातिक तर्फका दयाल बहादुर शाही र काशी विकले सयुक्त उजुरी समेत दिएका थिए। नेपाली काँग्रेसले पनि उम्मेदवार बद्री पाण्डेकै तर्फबाट उजुरी दिएको छ।

प्रतिक्रिया