अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

नेपालसामु सैन्य युद्ध आतंकको खतरा : देव गुरुङ

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:०८ मा प्रकाशित

नेकपा माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताउनुभएको छ ।बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व साम्रज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको बताउनुभयो ।

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गर्नुभयो । उहाँले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिनुभयो । उहाँले नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने भन्दै राष्ट्रिय स्वाधिनताको मुद्दामा सबै पार्टी र जनता एकसाथ हुनुपर्ने बताउनुभयो ।

नेता गुरुङले नेपालको इतिहासमा सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदै आएको बताउनुभयो । उहाँले नेपालमा खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको बताउनुभयो । यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको बताउनु भयो । उहाँले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

उहाँले पासवर्ड र भिसाको व्यवस्था गरेर मात्रै यो समस्या समाधान हुने भन्दै खुला सीमा भएकै कारण कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागमा अतिक्रमण बढीरहेको बताउनुभयो । उहाँले खुला सीमाना नियतवश राखिएको भन्दै यसलाई राज्य सञ्चालकहरुले सीमा नियन्त्रण र व्यवस्थित गर्न नसकेको बताउनुभयो । उहाँले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउनु भयो । उहाँले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताउनुभयो ।

प्रतिक्रिया