अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

सचिवको सरुवा

हरिभक्त सिग्देल "महेश" २०७९ असार २८ गते १२:२३ मा प्रकाशित

लघुकथा

एकादेशमा बेवारिस नाम गरेको देश थियो ।
त्यस देशमा मुकदर्शक नाम गरेका राष्ट्रपति थिए भने प्रधान मन्त्रीको नाम सर्वनाशा थियो । त्यस देशका भौतिक योजना तथा यातायात मन्त्रीको नाम म गर्छु थियो ।

भौतिक योजना तथा यातायात मन्त्री श्री म गर्छुज्यू आफ्नो कुर्चिमा गचक्क परेर बस्नु भएको थियो , साढे दस बजेको समय छ । मन्त्रीज्यूको फोनको घण्टी बज्छ । वहाँको पी ए हस् हजुरले भन्छन् हजुर प्रधानमन्त्रीज्यूकाे पी ए त्यसै गर्छु लाइन मा हुनुहुन्छ , प्रधान मन्त्रीज्यू कुरा गर्ने । मन्त्रीज्यूले फोन उठाउनु भयो प्रधान मन्त्रीज्यूले भन्नू भयो जरुरी छ निवासमा साँढे दस बजे आइपुग्नुस् न , मन्त्रीज्यूले हस् भनेर फोन राख्नु भयो ।

माननीय भौतिक योजना तथा यातायात मन्त्री म गर्छु समयमै प्रधानमन्त्री निवास पुग्नु भयो । केही बेर पछि प्रधान मन्त्रीका पी ए सधैँ उदासले मिटिङ हलमा जान अनुरोध गर्नु हुन्छ

एक छिन पछि प्रधानमन्त्री पनि सरासर हलमा प्रवेश गर्नु हुन्छ , ढोका बन्द गरिन्छ । सम्माननीय प्रधान मन्त्री श्री सर्वनाशाज्यूले भौतिक योजना तथा यातायात मन्त्री श्री म गर्छुलाई भन्नू हुन्छ । मन्त्रीज्यू तपाईँ आफ्नै पार्टीको र योग्य देखेर त्यो मन्त्रालय दिएको हो ।

अब निर्वाचन पनि नजिकै आइसक्यो प्रतिस्पर्धा पनि कडै हुन्छ प्रतिपक्षलाई कुनै हालतमा माथि आउन दिनु हुँदैन । फेरि यो स्वतन्त्रको लहर पनि अहिल्यै फैलँदै छ हेर्नुस् न स्वतन्त्रबाट देशवनाउ,

जाग जाग , ईमान्दार राष्ठ्रवादि र सत्य सेवा र सत्यमेव जयते हरुले भाग लिने घोषणा गरिसके अझ काे काे आउने थाहै छैन ? विनोद शाह , हर्क राई र दिनेश मल्ल जस्तै जित्न पनि के वेर अर्कोतिर विपक्षी हामी जस्तै सर्वहारा,मुलुक मारा,खाउकमाउ एकातिर विरोध गरेका गर्यै छन्। तपाइको मन्त्रालयबाट चार पाँच अर्व निकाल्नु पर्छ ।

के छ सक्नु हुन्छ कि सक्नुहुन्न ? मन्त्रीको जिउ सिरिङ्ग हुन्छ र भन्दै जान्छन् अरुत समस्या छैन हजुर हाम्रो मन्त्रालयको सचिव काम नलाग्ने छ ।
त्यो सचिव देशवनाउ लोकसेवाको सेक्सन अफिसर देखि फस्टकिलास सम्म प्रत्येक परीक्षामा फ्रस्ट गर्दै आएको हो । त्यस्काे कामै छैन , बुद्धि पनि छैन , एक नम्बरको स्वाँठ छ जे गर्दा पनि नियम र निर्देशिका पढ्छ र नियम र नैतिकता देखाउँछ ।

देश र जनतालाई धाेखादिनु हुन्न भन्छ , एक पैसा खाँदैन खान पनि दिँदैन हजुर बरु त्यसलाई सरुवा गरी जगेडामा राखेर फाइल बढुवाको हजुरकै सिफारिसमा तक्मा र नम्बर थपेर सचिव बनाएका जे पनि सक्छु प्रसाद लाई ल्याउन पाए
म गरिहाल्थे , सकिहालिन्छ नि ।

भोलि पल्टको क्याबिनेटमा त्यो सरुवा एजेन्डामा राखेर भोलि पल्टै सचिव देशवनाउ लाई जगेडामा सरुवा गरी जे पनि सक्छु प्रसादलाई भौतिक योजना तथा यातायात मन्त्रालयमा सरुवाको आदेश निस्कन्छ । यसरी असल नियतले सचिवको सरुवा हुन्छ ।

प्रतिक्रिया