अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्छ : गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ असार ८ गते ८:०६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चेतावनी दिनुभएको छ ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले अत्यधिक आयातले विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले उद्योगी व्यवसायी लगायत सबैले नेपाली उत्पादन बढाएर विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताउनुभयो ।

गनर्भर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको भन्दै राष्ट्र बैंकको उद्देश्यअनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी मौद्रिक नीति ल्याइने बताउनुभयो । मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको मागअनुसार लिएर आउने गरेको उहाँको जिकिर थियो ।गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याए पनि केही क्षेत्रमा असर परेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू