अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८
| Colorodo: 09:13
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । उनीहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ ।