अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

नेपाल आएका पाकिस्तानी पूर्व सैनिक मोहम्मद हबिब बेपत्ता-पाकिस्तान सरकारद्वारा खोजिको माग

बिआरटीनेपाल २०७३ चैत २७ गते ६:२२ मा प्रकाशित

नेपाल आएका पाकिस्तानी पूर्व सैनिक मोहम्मद हबिब जाहिर सम्पर्क विहिन भएका छन् । बुद्ध एयरको विमान चढी भैरहवा गएका पूर्व सैनिक लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर बिहीबारदेखि सम्पर्कविहिन भएका हुन् ।

भैरहवा बिमानस्थलबाट उनि लुम्बिनी गएको र त्यहिँ बाट हराएको प्रहरी अनुसन्धानबाट जानकारी आएपनि त्यसपछि उनि कहाँ गए पत्ता लागेको छैन । बिहिवारबाट उनि सम्पर्कमा नआएपछि जाहिरका आफन्तले पाकिस्तानी सरकारलाई उनि नेपालमा हराएको बताए पछि पाकिस्तानी सरकारले नेपालमा जाहिर हराएको र खोजि गरिदिन आग्रह गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले जाहिर हराएको भन्ने जानकारी प्रप्त हुनासाथ लुम्बिनी प्रहरीलाई खबर गरी खोज्न आदेश दिएका थिए ।

प्रतिक्रिया