अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

अरुण–४ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:४३ मा प्रकाशित

सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको सर्भेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

प्राधिकरणले आयोजनाको सर्भेक्षण अनुमतिपत्रका लागि विद्युत विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । प्राधिकरणले आयोजनाको लाइसेन्स आज प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको निर्माण गर्न लागेको १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो भागमा पर्दछ ।

अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुई वटा आयोजनाहरू एकसाथ अगाडि बढाउने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रुपमा ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया