अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

ऊर्जामन्त्री भुसालसँग यूएईका राजदूत अल–क्वाबीको शिष्टाचार भेट

बिआरटीनेपाल २०७८ असोज १ गते ७:४२ मा प्रकाशित

नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हम्दन अल–क्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताउनु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा अल–क्वाबीले यस्तो बताउनु भएको हो । भेटमा नेपाल र यूएयीबीच रहिआएको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

अल–क्वाबीले आगामी मंसिरमा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन नेपाललाई आग्रह पनि गर्नुभएको छ । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएईमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया