अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०३ | Colorodo: 21:18

‘रवीन्द्र मिश्रको प्रस्तावले नागरिककाे आन्दोलन र मागलाई अन्याय गरेको छ’-विवेकशील साझा पार्टी

बिआरटीनेपाल २०७८ साउन १९ गते ८:०० मा प्रकाशित

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले धर्मनिरपेक्षता, राजतन्त्र र सङ्घीयताबारे जनमत सङ्ग्रह गर्न गरेको प्रस्तावको विरुद्धमा संयोजक मिलन पाण्डेसहितका नेताले काउन्टर प्रस्ताव सार्वजनिक गरेका छन् ।

मिश्रले जनआन्दोलनले दिएका उपलब्धिलाई नै धरापमा पार्ने खालको प्रस्ताव ल्याएको भन्दै त्यसको प्रत्युत्तरमा संयोजक मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना र डाक्टर राजेन्द्र पंगेनीले काउन्टर प्रस्ताव सार्वजनिक रहेका हुन् ।

‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधार हुनुपर्ने उल्लेख छ । केन्द्रदेखि पालिकासम्म प्रत्यक्ष निर्वाचित नेतृत्व हुनुपर्ने भन्दै उनीहरूले पात्र खराब भए भन्दैमा प्रणालीलाई नै दोष दिने र परिवर्तन गर्ने गलत बाटोमा हिँड्न नहुने प्रस्तावमा उल्लेख गरेका छन् ।

रवीन्द्र मिश्रको प्रस्तावले भ्रम सिर्जना गर्न खोजेको र नागरिकले लडेर ल्याएको उपलब्धिमाथि अन्याय हुने नयाँ प्रस्तावमा उल्लेख  छ ।

प्रतिक्रिया