अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

बिआरटीनेपाल २०७८ साउन १८ गते ८:४३ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई परीक्षा स्थगित गर्न आग्रह गर्नुभएको हो ।

यसअघि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । त्यसपछि अहिले साउन ३१ गतेका लागि परीक्षा तोकिएको छ । यसअघि स्थगित गरिएका विश्वविद्यालयका अन्य परीक्षाका मिति पनि तय भइसकेका छन् ।

प्रतिक्रिया