अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:५४ मा प्रकाशित

इटहरी । चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘केराको थम्बा’ नामको गीत उनले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमार्फत मनोरञ्जनका साथै सन्देश समेत दिन खोजेको लुइँटेल बताउँछन् ।

प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ ।

गीतको भिडियो केशव रायमाझीले निर्देशन गरेका हुन् । लुइँटेलका यस अघिका झापा सुरुंगा, तेरो बाउ थोते, बाँके बर्दिया, ए बाउ किन्देउन् भटभटे लगायत दर्जनौँ हास्य गीतहरू सर्वाधिक लोकप्रिय भइसकेका छन् ।

प्रतिक्रिया