अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरू भएको नेता थापाको टिप्पणी

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१६ मा प्रकाशित

नेपाली काँग्रेसका सांसद गगन थापाले विधि र विज्ञान नमान्ने अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुगेको प्रतिक्रिया दिनुभएको छ । आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरू भएको पनि बताउनुभयो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेर निजी निवास बालकोट पुगेको दिन बार्दलीबाट भाषण गर्नुभएको थियो । नेता थापाले त्यतै तर्फ संकेत गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार र संसदसँग नयाँ अपेक्षा रहेको बताउनुभयो । नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको नेता थापाको भनाइ छ । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू