अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:२० मा प्रकाशित

कक्षा १२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो । परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने छ । परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा राखिएको छ ।

ोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थिति मै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो ।

सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिनुभयो । परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउँदै मन्त्रिपरिषद्ले निर्णय गरेपछि परीक्षा सञ्चालन गर्ने बताउनुभएको छ ।

 

प्रतिक्रिया