अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

जापानबाट टिका शर्माको ‘माइतीकै हेला’ सार्वजनिक

बिआरटीनेपाल २०७८ असार २० गते ९:५८ मा प्रकाशित

लामो समय देखी जापानमा रहेर गीत सङ्गीतमा सक्रिय सर्जक गायिका टीका शर्मा ‘कोपिला’ ले आफ्नो पहिलो तीज गीत ‘माइतीकै हेला’ सार्वजनिक गरेकी छन् ।

गीतमा टिका शर्माको शब्द तथा स्वर र लोकप्रिय सर्जक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ । छायाङ्कन र निर्देशन गोविन्द बिस्टले गर्नु भएको छ । गीतमा माइतीबाट हेला भएकी चेलीको कथालाई देखाइएको छ। टिका शर्मा ‘कोपिला’ को मुख्य अभिनय रहेको भिडियोमा रूप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतिमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ। बागलुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हाल रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कुल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा थुप्रै पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।

परदेशमा रहे पनि आफ्नो देश र संस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन्। ‘यस गीतले समग्र नेपाली नारीको पिडा पस्किनुको साथै जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त छु’ सङ्गीतकार सूर्य खड्काले भने । गीतलाई gms music & films च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो यहाँबाट हेर्नुहोस् ।

प्रतिक्रिया