कास्कीको पोखरा लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । डा सोमनाथ सापकोटाको संयोजकत्वमा महानगरपालिकाले गठन गरेको समितिले तयार पारेको लेखनाथस्थित तालहरुको मापदण्ड सम्बन्धी अध्ययन प्रतिवेदन आइतबार बुझाएको हो । संयोजक सापकोटाले महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई प्रतिवेदन बुझाउनु भएको हो ।
समितिको सदस्यमा खिमलाल गौतम, हरिबहादुर भुजेल, अनुप गुरुङ, आमन्त्रित सदस्य गगन ढकाल, जगन्नाथ कोइराला र सदस्य सचिवमा अशोककुमार सुनार रहनु भएको थियो । प्रतिवेदनमा तालको मापदण्ड, तालहरुको विशेषता अनुसार सौन्दर्यकरण र तालको दीर्घकालीन संरक्षणलाई जोड दिएर समितिले प्रतिवेदन तयार पारेको छ । तालको मापदण्ड परिमार्जन गर्न समितिले सुझाव पनि दिएको छ ।
प्रतिवेदन बुझाउने कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, महानगरका सूचना अधिकारी भरतराज पौडेल, समितिका सदस्यहरु लगायतको उपस्थिति थियो ।