अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:४३ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ। उहाँकी श्रीमती निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो । कोरोना संक्रम भएपछि उहाँ दुई हप्तादेखि अस्पतालमा उपचारत् हुनुहुन्थ्यो । मिर्गौला र कलेजोको समस्यापछि उहाँलाई ६ महिनाअघि भारतमा उपचार गरी ल्याइएको थियो।

पछिल्लो समय कोरोना संक्रमण भएपछि निर्मलालाई नर्भिकमा भर्ना गरिएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया