अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

नेकपामा देखिएको विवाद टुंगो लगाउन निर्वाचन आयोगको बैठक सुरु, आजै निर्णय हुने संभावना

बिआरटीनेपाल २०७७ माघ ११ गते ६:५१ मा प्रकाशित

सत्तारुढ नेकपामा देखिएको विवाद टुंग्याउन निर्वाचन आयोगको बैठक अहिले बसिरहेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा बैठक बसिरहेको आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो । उहाका अनुसार आजै राती अवेरसम्म यसवारे आवश्यक निर्णय लिने संभावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा दुईवटा खेमा देखिएको छ। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतको समूहले बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको भन्दै पार्टीको आधिकारिता र चुनाव चिन्ह दावी गरिरहेका छन्।

यो समूहले ओली पक्षका नेताहरुलाई धमाधम अनुशासन कारबाही गरेको थियो। यता, पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हस्ताक्षरबिनाका कुनैपनि निर्णय पार्टीको आधिकारिक नहुने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया