अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

पोखरामा थप ५५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२४ मा प्रकाशित

गण्डकी प्रदेशमा आज थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामहानगरका ५५ जना, मादी गाउँपालिकाका १ जना र माछापुच्छ्रे गाउँपालिकाका ३ जना गरी कास्कीमा ५९ जना सहित लमजुङका २१ जना, बागलुङका १८ जना, गोरखाका ७ जना, तनहुँका ६ जना, म्याग्दीका ३ जना, पर्वत र मुस्ताङका २÷ २ जना तथा स्याङजाका १ जना गरी प्रदेशका ९ जिल्लाका थप ११९ जनामा कोरोना भाइरस देखिएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ । पछिल्लो २४ घन्टामा १ जना निको संगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ९२ पुगेको छ । पोखरामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भइ पोखराका २ अस्पतालमा उपचाररत २ पुरुष तथा १ महिलाको मृत्यु भएको हो । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

प्रतिक्रिया