अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

नेकपा नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार

बिआरटीनेपाल २०७७ मंसिर ६ गते ६:०३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार भएको छ। चितवनमा शनिवार आयोजित राप्ती नगरपालिका कमिटीको भेलामा पाण्डेमाथि कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन्।

कार्यक्रममा पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको विरोधमा अभिव्यक्ति दिएपछि कार्यकर्ताहरू आक्रोशित भएका थिए। उहाँले पार्टी अध्यक्ष ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने बताउनुभएको थियो । पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बनेको पाण्डेको भनाई थियो ।

ओलीविरुद्ध अनावश्यक आक्षेप लगाएको भन्दै कार्यक्रममा नेकपा कार्यकर्ताले होहल्ला गरेका थिए । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्यतमात्र नभई जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताको आरोप छ। पाण्डेका अभिव्यक्ति पार्टी एकताको पक्षमा नभइ विभाजन गराउने खालको रहेको कार्यक्रममा उपस्थित कार्यकर्ताहरूको भनाई छ । कार्यकर्ताहरूले होहल्ला गर्न थालेपछि नेता पाण्डे कार्यक्रमबाट बाहिरिनुभएको थियो ।

प्रतिक्रिया