अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

नेपालमा १ हजार ९ सय ४६ कोरोना संक्रमित थपिए, २ हजार ५ सय ३ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:५९ मा प्रकाशित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । शनिबार थप १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ ।

अब नेपालमा ३६ हजार ४ सय ५३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।

प्रतिक्रिया