अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

पोखरा महानगरमा १८ सहित गण्डकी देशमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक २० गते ६:२० मा प्रकाशित

पोखरा महानगरपालिकामा १८ सहित गण्डकी प्रदेशमा थप ६० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका १८ सहित नवलपुरका ४२ गरी २ जिल्लामा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा वडा नं ३ का १२ वर्षीय बालक, ५ का २ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, ९ का १ पुरुष तथा १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष, १२ का २ पुरुष तथा ३ महिला, १३ का २ पुरुष, १७ की २ महिला र २० का १ पुरुष रहेका छन ।

त्यसै गरी नवलपुर गैडाकोट नगरपालिकाका वडा नखुलेका २८ पुरुष र १४ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू