अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

कस्तुरीको बिनासहित काठमाडौंबाट दुईजना समातिए

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४९ मा प्रकाशित

प्रहरीले प्रतिबन्धित कस्तुरीको बिनासहित बिहीबार दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-८, चिसापानीका ३९ वर्षीय पासाङ लामा र सोही ठाउँका ३६ वर्षीय राजकुमार लामा छन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको दरबारमार्गबाट उनीहरुलाई नियन्त्रणमा हो ।

बिहीबार दिउँसो कस्तुरीको २७ ग्राम बिनासहित उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।कस्तुरीको बिना अवैधरुपमा बिक्री वितरणका लागि लुकाइ छिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान टोली खटिएको थियो । उनीहरुको साथबाट विभिन्न कम्पनीका चारथान मोबाइलहरुसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू