अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

‘डा. केसी व्यक्ति हैन, आवाज हो’–आवासीय चिकित्सक

बिआरटीनेपाल २०७७ असोज २० गते ७:१९ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग राखेर २३ दिनदेखि आमरण अनशनमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन्।

‘डा. केसी व्यक्ति होइन, आवाज हुन्’ भन्दै राजधानीको नक्सालमा डाक्टरहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले डा.केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन्।

‘सत्याग्रही गोविन्द केसीको जीवन रक्षा गर’, ‘महात्मा गोविन्द केसीको अनशन, माफियालाई टेन्सन’, ‘डा. केसी हामी तिम्रो साथमा छौँ’ लगायतका नारा लेखिएका व्यानर तथा प्लेकार्डसहित डाक्टरहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया