अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

कोरोनाको बढ्दो संक्रमणका कारण राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:२३ मा प्रकाशित

कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ । कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।

नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भीडभाड लाग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले लाइन लगाएर नयाँ नोट नबाड्ने अवस्थामा पुगेको हो । कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् । नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैंमा अन्य समयमा भन्दा ५०÷ ६० अर्व थप नोटको आवश्यकता पर्दछ ।

दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ । दशैंमा राष्ट्र बैकले चलनचल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको छ । गत बर्षको दशैं र यस पटकको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको अवस्थामा सर्वसाधारणलाई नयाँ नोट बितरण गर्दा थप जाखिम भएको हुदाँ नयाँ नोट बितरण गर्न कठिन भएको राष्ट्र बैकले जनाएको छ ।

 

प्रतिक्रिया